काठमाडौं, ९ जेठ । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार नेपालको नयाँ नक्सा कार्यान्वयन गराउन संविधान संशोधनको विधेयक संसदमा दर्ता भएको छ ।
सो विधेयक कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले शुक्रबार संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा लैजाने निर्णय गरेको थियो ।
संशोधन प्रस्ताव पारित भएपछि नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा हुनेछ ।