नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

-


     मर्दी न्युज    
     ९ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, ९ जेठ । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा कैलाली जिल्लाका ३ जना १९, २३ र २६ वर्षका पुरुषहरु रहेका छन् । यसैगरी डडेलधुराका २८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी बैतडी डिल्लाका २२ वर्षीय पुरुष, बाँकेका १४ जना १८ देखि ६१ वर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै मोराङका ४१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आजै बिहान मात्र ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज उपचारपछि निको भई २१ जना घर फर्केका छन् । योसँगै नेपालमा हालसम्म ७० जना डिस्चार्ज भएका छन । तीन जनाको भने मृत्यु भइसकेको छ ।