९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५१६

-


     मर्दी न्युज    
     ९ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । नेपालमा कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा–३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । यसैगरी सप्तरीका ३५ वर्षीय पुरुष र बारका ६ जना २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

यसअघि आज शुक्रबार बिहान ३० जना र दिउँसो २० जनामा कोरोना पुष्टि भएको थियो । आजमात्र ५९ जनामा कोरोना देखिएपछि कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।