पोखरा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउने संख्या ३ लाख ३९ हजार नाघेको छ । वल्डोमिटर्सको शनिवार बिहानसम्मको तथ्याङ्कअनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ३९ हजार ४१७ पुगेको छ ।
कोरोनाको सबैभन्दा धेरै प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा हालसम्म ९७ हजार ६ सय ३९ जना कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यस्तै बेलायतमा ३६ हजार ३ सय ९३, इटलीमा ३२ हजार ६ सय १६, फ्रान्समा २८ हजार २ सय ८९, स्पेनमा २८ हजार ६ सय २८ र ब्राजिलमा २१ हजार ४८ जना संक्रमितको ज्यान गइसकेको छ ।
कोरोना संक्रमितको संख्या विश्वभर गरी ५२ लाख ९८ हजार १ सय ८० पुगेको छ । अमेरिकामा मात्रै १६ लाख ४५ हजार ६९ को पुष्टि भएको छ । त्यस्तै ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९० संक्रमित भएका छन् । यसैगरी रसियामा ३ लाख २६ हजार ४ सय ४८ जना संक्रमित छन् ।
विश्वभर २८ लाख ४ हजार ५ सय १४ जनाको उपचार भइरहँदा ४४ हजार ५ सय ४२ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । हालसम्म २१ लाख ५४ हजार २ सय ४९ संक्रमितको उपचार पछि निको भइ घर फर्किसकेका छन् ।