पोखरा, १० जेठ । नेपालमा थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
संक्रमितहरु कपिलवस्तु वाणगंगा नगपालिकाका ७ पुरुष र एक महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सर्लाहीका १३ जना पुरुष, बराका एक ३७ वर्षीया महिला, काठमाडौंका ३५ वर्षीय पुरुष, रुपन्देहीका ८ पुरुष र चितवन भरतपुर ६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।