ईदको सार्वजनिक बिदा सरकारले सच्यायो

-


     मर्दी न्युज    
     ११ जेष्ठ २०७७ मा प्रकाशित


Mardi

पोखरा, ११ जेठ । सरकारले मुस्लिम समुदायले मनाउने इद पर्वको सार्वजनिक बिदा सच्याएको छ । यसअघि ११ गते आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको थियो ।

तर गृह मन्त्रालयले फेरि अर्को सूचना शनिबार प्रकाशित गरी त्यसलाई सच्याइएको जानकारी दिएको छ । अब ईदको सार्वजनिक बिदा सोमबार दिइएको गृह मन्त्रालयको संशोधित सूचनामा उल्लेख छ ।