पोखरा, ११ जेठ । नेपालमा थप १९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा ६ सय ३ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
आज संक्रमित पुष्टि भएकाहरु मोरङमा १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना रहेका छन् । यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । नुवाकोटमा संक्रमित भेटिएसँगै ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ ।
प्रदेशअनुसार प्रदेश नं. १ मा ८६ जना, प्रदेश २ मा १७९, बागमती प्रदेशमा ३४, गण्डकीमा ५, प्रदेश ५ मा २८१, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा १४ गरी ६ सय ३ जनामा संक्रमित पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।
उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले बताए । तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।