पोखरा । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर करिब ५५ लाख मानिस संक्रमित छन् । वल्डोमिटर्सको सोमवार बिहानसम्मको तथ्याङ्कअनुसार ५४ लाख ९८ हजार २ सय ७ जना संक्रमितको पुष्टि भएको छ ।
अमेरिकामा मात्रै १६ लाख ८६ हजार ४ सय ३६ को पुष्टि भएको छ । त्यस्तै ब्राजिलमा ३ लाख ६३ हजार ६ सय १८ संक्रमित भएका छन् । यसैगरी रसियामा ३ लाख ४४ हजार ४ सय ८१ जना संक्रमित छन् ।
कोरोना संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउने संख्या ३ लाख ४६ हजार नाघेको छ । वल्डोमिटर्सको तथ्याङ्कअनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ६८५ पुगेको छ ।
कोरोनाको सबैभन्दा धेरै प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा हालसम्म करिब एक लाख मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् । अमेरिकामा हालसम्म ९९ हजार ३ सय जना कोरोना संक्रमणका कारण ज्यान गुमाएको तथ्याङ्क छ । त्यस्तै बेलायतमा ३६ हजार ७ सय ९३, इटलीमा ३२ हजार ७ सय ८५, स्पेनमा २८ हजार ७ सय ५२, फ्रान्समा २८ हजार ३ सय ६७ र ब्राजिलमा २२ हजार ७ सय १६ जना संक्रमितको ज्यान गइसकेको छ ।
विश्वभर २३ लाख १ हजार ९ सय ९० जना संक्रमितको उपचार भइसकेको छ । २८ लाख ४९ हजार ५ सय ३२ जनाको उपचार भइरहँदा ५३ हजार २ सय २३ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।