पोखरा, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ३७ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा २१ जना, भेरी अस्पताल नेपालगञ्जमा ५ जना र प्रदेश अस्पताल सुर्खेतमा २ जना गरी ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वार प्रकाशित सूचनाअनुसार धनुषा, कपिलवस्तु, बारा, रौतहट, काठमाडौं, सप्तरी, बर्दिया, बाँके र दैलेखमा संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा धनुषामा ३ , कपिलवस्तुमा ३, काठमाडौंमा ३, बारामा २, रौतहटकामा २६ , सप्तरीमा २, बर्दियामा १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस्तै , बाँकेमा ४ ,बारामा २१, दैलेखमा एक महिला गरी ७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अन्य जिल्लाका सबै संक्रमितहरु पुरुष रहेको पनि मन्त्रालयले जनाएको छ ।