काठमाडौंका तीन कोरोना संक्रमित: व्यापारी, ज्योतिष र बिरामी बोक्ने चालक

-


     मर्दी न्युज    
     १२ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । काठमाडौंमा तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंमा पसल गर्ने व्यापारी, अर्का एकजना ज्यातिष र अर्का व्यक्ति बिरामी बोक्ने गाडीका चालक रहेको बुझिएको छ । स्वास्थ्य मन्त्रालयले आजमात्रै थप ७२ जनामा कोरोना संक्रमण देखिएको जनाएको थियो ।

जसमा काठमाडौंको टोखा नगरपालिका–३ र ६ मा २ जना बूढानिलकण्ठ नगरपालिका–३ मा एकजनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु २७, ४१ र ३७ वर्षका भएको मन्त्रालयले जनाएको छ ।  यसबाहेक अन्य संक्रमित  कपिलवस्तु, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखका छन् । ३ जनामा कोरोना संक्रमण देखिएपछि प्रहरीले ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।

एक प्रहरी अधिकारीका अनुसार काठमाडौंमा देखिएका तीन संक्रमितमध्ये एकजना पसल सञ्चालक, ज्योतिष र अर्का एकजना बिरामी बोक्ने गाडीका चालक हुन् ।  एम्बुलेन्स उपलब्ध नभएको अवस्थामा नगरपालिकाकै आग्रहमा उनले गाडीमा बिरामी ओसार्दै आएका थिए । 

एक प्रहरी अधिकारीले भने,“अवस्था भयावह छ । स्वास्थ्यजाँच लगायतका कुरा निकै फितलो छन् । अहिले देखिएका तीनैजनाको सम्बन्ध धेरैसँग भएको हामीले अनुमान गरेका छौँ । जाँच प्रभावकारी नहुने हो भने निकै महंगो पर्न सक्छ ।” -बाह्रखरी