प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

-


     मर्दी न्युज    
     १२ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । साँझ ५:३० बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्रीको सम्वोधनअघि मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ । बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने बताईएको छ ।

सम्बोधनअघि आजै साँझ ५ बजे मन्त्रिपरिषद बैठक राखिएको छ । बैठक नियमित एजेण्डाहरुमा केन्द्रित रहने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।