थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६८२ पुग्यो

-


     मर्दी न्युज    
     १२ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका नयाँ संक्रमितहरुमध्ये अछामका १, बर्दियाका ३, पर्साका १, काठमाडौंमा १ र बराका मृतक गरी कुल थप ७ जना रहेको बताए । सोमवार बिहान मात्रै ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म कोरोना संक्रमितको उपचारपछि निको भई ११२ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

हालसम्म पीसीआर विधिबाट ५१ हजार ६४२ र आरडीटी विधिबाट ९५ हजार १९२ नमूना परीक्षण भएका छन । मुलुकभर आइसोलेसनमा ५ सय ६७ जना रहेको छ ।