पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूलाई समयमै उद्धार गर्ने प्रतिबद्धता जनाएका छन । देशमा जारी लकडाउनको ६२ औं दिन आज सोमवार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशभित्र तयारीका साथ फर्काइने बताएका हुन् ।
‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना सहितको आदेश तत्काल जारी गरिने छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ । सरकार आप्mना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।’
स्वदेश फर्काउँदा सबैलाई एकैपटक नभइ कसलाई प्राथमिकता दिने भन्ने विषयमा कार्य्विधि बनिरहेको भनिएको बेला उनले यस्तो बताएका हुन ।