पोखरा । चीनको वुहानबाट जनवरी सुरुदेखि फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विश्वभर ५५ लाख ८६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण हालसम्म ५५ लाख ८६ हजार ७१५ मा भेटिएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ ।
कोरोना संक्रमण सबैभन्दा धेरै अमेरिकामा देखिएको छ । अमेरिकामा हालसम्म १७ लाख ६ हजार २२६ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै अमेरिकापछि ब्राजिलमा ३ लाख ७६ हजार ६६९ मा संक्रमण पुष्टि भएको छ । यसैगरी रसियामा ३ लाख ५३ हजार ४२७ मा कोरोना संक्रमण देखिसकेको छ ।
संक्रमित मध्ये २३ लाख ६५ हजार ५४१ जना निको भइसकेका छन् । हाल २८ लाख ७३ हजार ३२२ संक्रमितको उपचार भइरहेको छ भने ५३ हजार १६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।