पोखरा । चीनको वुहानबाट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको हुनेको संख्या २३ लाख ६५ हजार ५४१ पुगेको छ ।
संक्रमणलाई जितेर निको हुने अमेरिकामा ४ लाख ६४ हजार ६७० रहेको छ । यसैगरी निको भई फर्किनेमा स्पेनमा १ लाख ९६ हजार ९५८, ब्राजिलमा १ लाख ५३ हजार ८३३, जर्मनीमा १ लाख ६१ हजार २००, इटलीमा १ लाख ४१ हजार ९८१ र रसियामा १ लाख १८ हजार ७९८ रहेको छ ।
कोरोना संक्रमणबाट विश्वभर ३ लाख ४७ हजार ८५२ व्यक्तिको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ९६ व्यक्तिको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ ।
संक्रमणबाट सबैभन्दा धेरै ज्यान गुमाउनेमा अमेरिका अग्रपंक्तिमा छन् । अमेरिकामा हालसम्म ९९ हजार ८०५ व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी बेलायतमा ३६ हजार ९१४, इटलीमा ३२ हजार ८७७, फ्रान्समा २८ हजार ४३२, स्पेनमा २६ हजार ८३७ र ब्राजिलमा २३ हजार ५२२ संक्रमितको मृत्यु भएको छ ।