पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार साँझ ५ बजेका लागि बैठक बोलाइएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन्। उनले बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाएका छन् । बैठकमा निशान छाप संशोधनका लागि एकमत बनाउने प्रयास गरिनेछ।