पोखरा । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विश्वमा साढे ३ लाखभन्दा धेरैको ज्यान गएको छ । वल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधवार बिहानसम्म कोरोनाका कारण ३ लाख ५१ हजार ६६७ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकामा मात्रै एक लाखभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोनाका कारण ७ सय ७४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५ सय ७९ पुगेको छ । पछिल्लो समय अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा भने केही कमी आएको छ ।
त्यसैगरी अमेरिकापछि बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ हजार ४८ पुगेको छ । त्यसैगरी इटलीमा ३२ हजार ९५५, फ्रान्समा २८ हजार ५३०, स्पेनमा २७ हजार ११७ र ब्राजिलमा २४ हजार ५४९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।