विश्वभर ५६ लाख बढीमा देखियो कोरोना संक्रमण

-


     मर्दी न्युज    
     १४ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । चीनको वुहानबाट जनवरी सुरुदेखि फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण ५६ लाख ८१ हजारभन्दा बढीमा देखिएको छ । कोरोना भाइरसको संक्रमण हालसम्म ५६ लाख ८१ हजार ६०१ मा भेटिएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ ।

कोरोना संक्रमणको प्रभाव सबैभन्दा धेरै अमेरिकामा देखिएको छ । अमेरिकामा हालसम्म १७ लाख २५ हजार २७५ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै अमेरिकापछि ब्राजिलमा ३ लाख ९२ हजार ३६० मा संक्रमण पुष्टि भएको छ । यसैगरी रसियामा ३ लाख ६२ हजार ३४२ मा कोरोना संक्रमण देखिसकेको छ ।

संक्रमित मध्ये २४ लाख ३० हजार ४६१ जना निको भइसकेका छन् । हाल २८ लाख ९८ हजार ९७२ संक्रमितको उपचार भइरहेको छ भने ५३ हजार १०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।



Tags: