
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड्ड अस्पतालबाट मंगलवार राति २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा ४ जना महिला र १६ जना पुरुष रहेको अस्पतालले जनाएको छ ।
डिस्चार्ज हुनेमा १५ महिनादेखि ७४ वर्ष उमेरका छन् । गत वैशाख २७ र ३० गते कोभिड– १९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो । अस्पतालमा अब ९ जना संक्रमित मात्रै पचाररत रहेको अस्पतालले बताएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ ।

