वीरगञ्जमा थप २१ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १७६ पुग्यो

-


     मर्दी न्युज    
     १४ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड्ड अस्पतालबाट मंगलवार राति २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा ४ जना महिला र १६ जना पुरुष रहेको अस्पतालले जनाएको छ ।

डिस्चार्ज हुनेमा १५ महिनादेखि ७४ वर्ष उमेरका छन् । गत वैशाख २७ र ३० गते कोभिड– १९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो । अस्पतालमा अब ९ जना संक्रमित मात्रै पचाररत रहेको अस्पतालले बताएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ ।



Tags: