बागलुङको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना देखियो (अपडेट)

-


     मर्दी न्युज    
     १४ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा — बागलुङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । हालै मात्र भारतबाट आएका बागलुङका ६ जनामा गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो ।

उनीहरु बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा ४ जना बसेका थिए । क्वारेन्टाइनमा बसेकाहरुकोमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरु बढीगाड गाउँपालिकाका बर्ष १९ र २० का २ जना पुरुष तथा तमनखोला गाउँपालिकाका बर्ष २१, २७, २७ र २१ का ४ जना पुरुष गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।


गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले प्रेस विज्ञप्ति प्रकाशित गरी यसको पुष्टि गरेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । २ जना निको भई घर फर्किसकेका छन् ।