रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     १४ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । रौतहटमा बुधबार थप ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २८ र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा ७ गरी ३५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

बुधबार पुष्टि भएका गौरका ८ र गढीमाईका ७ , देवाहीगोनाही २ , ईशनाथका १६, कटहरिया नगरपालिकाका २ जना गरी ३५ जनामा कोरोना संक्रमण देखिएको रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । 



Tags: