वस्तुगत आँकलन र विश्लेषण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने प्रदेशको नीति

-


     मर्दी न्युज    
     १४ जेष्ठ २०७७ मा प्रकाशित


(विनियोजन विधेयक २०७७ को सिद्धान्त र प्राथमिकतासहित)

पोखरा, १४ जेठ । गण्डकी प्रदेश सरकारले कोरोना महामारी तथा लकडाउनका कारण अर्थतन्त्रमा परेको प्रभावलाई विश्लेषण गरी अर्थतन्त्रलाई चलायमान बनाउने नीति लिएको छ ।

बुधवार प्रदेशसभाको बैठकमा विनियोजन विधेयक २०७७/७८ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कोरोना महामारी तथा लकडाउनका कारण राष्ट्रिय अर्थतन्त्रमा परेको प्रभावलाई विश्लेषण गरी विगत वर्षको तुलनामा फरक ढङ्गले बजेट पेश हुने बताए ।

कोरोना तथा लकडाउनको प्रभाव र असरलाई वस्तुगत आँकलन र विश्लेषण गर्दै आगामी बजेट आउने उल्लेख गर्दै उनले सार्वजनिक खर्च कटौती गरी कोरोना महामारीबाट शिथिल अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउन स्रोत र साधनलाई परिचालन गर्नुपर्ने बताए ।

मन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय तहबीचको बलियो आपसी समन्वय र सहकार्यले कोरोनाको प्रभावकारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न सकिने बताए ।

हेर्नुहोस् विनियोजन विधेयक– २०७७, सिद्धान्त र प्राथमिकता