आज गणतन्त्र दिवस, कोभिड–१९ का कारण दिपावलीमात्रै गरेर मनाइने

-


     मर्दी न्युज    
     १५ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, १५ जेठ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा विहीबार १३ औं गणतन्त्र दिवस मनाइँदै छ ।

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

गणतन्त्र दिवसको दिन दिइने सार्वजनिक विदा भने सरकारले गत वर्षबाट कटौती गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा औपचारिक कार्यक्रम गरी मनाउन कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सम्भव नहुने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष संघ, प्रदेश र स्थानीय तह र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा १४ देखि १६ गतेसम्म साँझ दीपावली गरेर मनाउने आव्हान गरेको छ । यसैगरी आज प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामनासहित देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।