पोखरा, १५ जेठ । स्याङ्जामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । वालिङस्थित क्वारेन्टाइनमा रहेका २२ र २६ वर्षीय पुरुष र ३ढ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुगेको छ । बुधवार मात्र बागलुङमा ६ जना संक्रमितको पुष्टि भएको थियो भने मंगलवार स्याङ्जाका २ जनामा कोरोना पुष्टि भएको थियो । बागलुङका २ जना संक्रमित निको भई घर फर्किएसँगै ग्रीन जोनमा रहेका गण्डकी प्रदेशमा दिनानुदिन संक्रमण बढ्दै गएको छ ।