काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै कोरोना रोकथाम तथा उपचारको लागि औषधि, उपकरण र अन्य सेवा सुविधाका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेर ९० अर्ब ६९ करोड पुर्याइएको बताए ।
यस्तै सबै स्थानीय तहमा ५ देखि १५ शय्याका २ सय अस्पताल बनाउन पनि सरकारले बजेट विनियोजन गरेको छ ।