काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कोरोनाका कारण मारमा परेको पर्यटन उद्योगलाई माथि उठाउन २६ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले कोरोना नियन्त्रण भएपछि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न देश दर्शन कार्यक्रमलाई प्रोत्साहित गर्न २६ करोड बजेटको व्यवस्था गरिएको बताए ।
अर्थमन्त्री खतिवडाले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोरोनाको असर नियन्त्रणपछि राष्ट्रसेवक कर्मचारी तथा निजी तथा सङ्गठित क्षेत्रका कर्मचारीलाई देश भ्रमण गर्न प्रोत्साहित गर्न देश दर्शन कार्यक्रम ल्याइने बताएको हो ।
यसैगरी सरकारले पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड रकम छुट्याएको अर्थमन्त्री खतिवडाले बताए ।