गण्डकी प्रदेशमा थप एक जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमित संख्या १७ पुग्यो

-


     मर्दी न्युज    
     १५ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा थप एक जनामा कोरोना पुष्टि भएको छ । म्याग्दी जिल्ला मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

हालै भारतबाट आई बेनी नगरपालिकास्थित क्वारेन्टाइनमा बसेका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । आजै स्याङ्जाका ३ र नवलपरासी बर्दघाट सुस्ता (पूर्व) का एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।



Tags: