भारतबाट फर्कने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवामा संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     १५ जेष्ठ २०७७ मा प्रकाशित


भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको लखनउ आसपास आईपुग्दा उनको गत जेठ १० गते मृत्यु भएको थियो।

उनले लखनउबाट बस हिँड्दा आफूलाई छटपटी भएको साथीलाई बताएका थिए । त्यसपछि छाति दुख्यो भन्दै वान्ता गरेका उनी बसमै ढलेको उनका भतिजको भनाई उद्धृत गर्दै ईप्रका कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताए ।

उनको बसमै मृत्यु भएपछि शवलाई बसमै ल्याइएको थियो । आइतबार दिउसो उनीहरु सिर्सिहवा नाका हुँदै नेपाल भित्रिएका थिए । शवलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो ।



Tags: