गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     १६ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, १६ जेठ । गण्डकी प्रदेशमा शुक्रवार बिहान थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या १९ पुगेको छ ।

संक्रमित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देबचुली नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष १९ र २१ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएको छ । संक्रमितलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ निर्देशक डा. शर्माले बताएको छ ।



Tags: