कर्मफ्लाईटस् फाउन्डेशनले बाग्लुङका स्थानीय पालिकालाई स्वास्थ्य सामग्री सहयोग

-


     मर्दी न्युज    
     १६ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । कर्मफ्लाईटस् फाउन्डेशन नेपाल पोखराले नेपाल–इज् युके को सहयोग तथा रोटरी क्लव अफ बुर्तिवाङ्ग ढोरपाटनको सहकार्यमा बाग्लुङ पश्चिमका स्थानिय पालिकाहरुलाई करिव ३ लाख ९४ हजार बरावरका सरसफाई, स्वास्थ्य सामाग्री तथा औषधीजन्य सामाग्री सहयोग गरेको छ ।

कोरोना महामारी विरुद्ध स्थानिय स्तरमा जुधिरहेको स्थानिय निकायहरु अन्तर्गत स्वास्थ्य संस्थाहरुमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउने र समुदायहरुलाई कोरोना संक्रमणबाट बचाउन जनचेतना जगाउने उदेश्यले पालिकाहरुमार्फत विभिन्न स्वास्थ्य समागी्रहरु सहित औषधि सहयोग गरेको फाउन्डेशनका संस्थापक प्रेमबहादुर कुँवरले बताए ।

सोही क्रममा संस्थाले ढोरपाटन नगरापलिकाका मेयर, प्रमुख कार्यकारी अधिकृत, नगरपालिकाका पदाधिकारी तथा रोटरी क्लवका पदाधिकारी समेतको उपस्थितिमा नगरपालिकाको कार्यालय पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । जसमा ४५ प्याकेट ग्लब्स्, २५० मिलिको सेनिटाइजर १०० वटा , ९६ पीस हात धुने साबुन, पेपर माक्क २५० पिस, ९० दिन सम्म पुनः प्रयोग गर्न मिल्ने फेस मास्क २५० पिस प्रदान गरेको छ । त्यस्तै गरि निसीखोला गाउँपालिका अन्तर्गत ६ वटै स्वास्थ्य संस्थाहरुमा काम गर्ने स्वास्थ्य कर्मी तथा महिला स्वास्थ्य स्वयम सेविकहरुलाई लक्षित गरि २६ सेट पिपिई , ६ सेट थर्मल गन , ३० प्याकेट, २५० मिलि।को सेनिटाइजर १९० बोटल, ६ प्याकेट पेपर मास्क तथा २०० पिस पुनः प्रयोग जन्य कपडाको फेस मास्क तथा २४० पिस सावुन प्रदान गर्न संस्था तथा क्लवका पदाधिकारीहरु बोहोरागाउँमा पुगी अध्यक्ष तारानाथ पौडेल र स्वास्थ्य कार्यालय प्रमुख तोपबहादुर चन्दलाई हस्तान्तरण गरेका थिए । सो क्रममा संस्था र क्लवले गाउँपालिकाको कोरोना विरुद्धको लडाईमा नजिकबाट सहयोग प्रदान गरेकोमा त्यसको उच्च मूल्यांकन गरेको भन्दै धन्यवाद दिएका थिए । निसीखोला गाउँपालिका अन्तर्गत अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईमा पुगी स्वास्थ्य सुरक्ष सामाग्री तथा औषधि लगायतका सामाग्री हस्तान्तरण गरिएको इकाईका संस्थापक अध्यक्ष लालबहादुर कुँवरले बताए ।

टोलीले तमान गाउँपालिकाको कार्यालय बुङ्गगादोभानमा पुगी सेनिटाइजर , टप ग्लब्स, माक्स तथा पेपर मास्क लगायतको सामाग्री प्रदान गरेको गाउँपालिकाका अध्यक्ष जोगलाल बुढाले जानकारी दिए । साथै बडिगाड गाउँपालिका का अध्यक्षलाई रोटरी क्लव ड्रिष्ट्रिक गभरनर बाट प्राप्त औषधि , ४ थान पिपिई लगायत ३ प्याकेट ग्लोब्ज, २ प्याकेट पेपर मास्क तथा २५० थान पुनः प्रयोगजन्य फेसमास्क प्रदान गरिएको रोटरी क्लव अफ बुर्तिवाङ ढोरपाटनका संयोजक बिना थापाले जानकारी दिइन् । कोरोना महामारीको समयमा जोखिमका साथ स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा फ्रन्ट लाइनमा काम गर्ने महानुभावहरुको सुरक्षाको लागि स्वस्थ्य सुरक्षा सामागी्र आवश्यक छ भनेर संस्थाहरुको सहकार्यमा सामग्री हस्तान्तरण गरिएको क्लवका संस्थापक अध्यक्ष डा. शान्तराज न्यौपानेले बताए ।