भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या चीनमाभन्दा बढी

-


     मर्दी न्युज    
     १६ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्यामा भारतले चीनलाई उछिनेको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसबाट चीनमा हालसम्म ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ भने भारतमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४ हजार ७ सय १३ पुगेको छ ।

एक लाख ६५ हजारभन्दा बढी सङ्क्रमण भएको भारतले कुल सङ्क्रमितको सङ्ख्यामा चीनलाई केही साता अगाडि नै उछिनेको हो।

भारतमा बिहीवार मात्रै ७ हजार ३ सय नयाँ संक्रमित पुष्टि भएको थियो भने ११७ जनाको ज्यान गएको थियो । शुक्रवार दिनको १ बजेसम्म ४ सय ४३ नयाँ संक्रमित पुष्टि भएको वल्डोमिटर्सको तथ्याङ्क छ । एजेन्सीको सहयोगमा

चौथो पटकको लकडाउन जारी रहेको भारतमा सङ्क्रमण अझै उच्च बिन्दूमा पुग्ने विज्ञहरुले बताएका छन् । केही विज्ञहरूले त्यहाँ उच्च तहमा नपुगेको बताउँदै जुन वा जुलाई महिनामा यसको उच्च दर देखिने बताएका छन ।