पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ६ जना पुगेको औपचारिक रुपमा पुष्टि गरेको छ ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि गरेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो ।
यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका –९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
मृत्यु हुनेमा यो संख्यासहित सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक, ललितपुरमा एक, बारामा एक गरी ६ जना पुगेको हो ।