कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     १८ जेष्ठ २०७७ मा प्रकाशित


कर्णाली प्रदेशमामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय २३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएका संक्रमितमध्ये दैलेखका १७ जना र कालीकोटका १ जना रहेका मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संक्रमित सबै भारतबाट आएका हुन् । लामो समयसम्म कर्णालीमा कोरोना संक्रमण शून्य थियो, तर भारतबाट मानिसहरु आउने क्रम बढेपछि संक्रमितहरु पनि बढ्न थालेका छन् ।



Tags: