गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण, तनहुँमा पहिलोपटक एक जनामा कोरोना देखियो

-


     मर्दी न्युज    
     १८ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जा गल्याङ नगरपालिकाका २७ र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

यसैगरी तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । तनहुँमा कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुगेको छ ।



Tags: