प्रदेश २ मा थप ६० जनामा कोरोना पुष्टि

-


     मर्दी न्युज    
     १८ जेष्ठ २०७७ मा प्रकाशित


प्रदेश २ मा आइतबार ६० जना कोरोना संक्रमित थपिएका छन् । थप संक्रमितहरु रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना रहेका छन् । यससँगै प्रदेश २ मा संक्रमितको संख्या ६ सय ९ पुगेको सामाजिक विकास मन्त्रालयले उल्लेख छ ।

रौतहटमा संक्रमित भएकामध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ जना हुन् । यस्तै, धनुषामा संक्रमित भएकामध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको क्वारेन्टाइनका ९ जना र गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाइनका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



Tags: