तस्विरः प्रकाश पौडेल, सामाजिक विकास मन्त्रालय
पोखरा, १८ जेठ । म्याग्दीबाट एक जना गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका शिख ५ की नर्दिता गर्बुजालाई सोही गाउँपालिकाबाट हेलिकप्टरमार्फत उद्धार गरी पोखरा ल्याइएको हो ।
गर्भवती अवस्थाका उनमा अत्याधिक रक्तश्राबका कारण थप उपचारका लागी हेलिकप्टर मार्फत उद्दार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उनको पेटमा जुम्ल्याहा बच्चा भएकाले स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने भएपछि पाेखरा लैजान स्थानीय स्वास्थ्यकर्मीले सुझाव दिएका थिए । महिलाको थप उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ ।