बाँकेमा गाडी दुर्घटना : १२ जनाको मृत्यु, २१ घाइते

-


     मर्दी न्युज    
     १९ जेष्ठ २०७७ मा प्रकाशित


नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा सोमबार बिहान भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका–२ स्थित छुरे जंगलमा बिग्रेर रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स भ्यान ठोक्किँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख पबिन्द्र बमले जानकारी दिए । ३३ जना सवार भ्यान अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किएको ट्राफिक प्रहरीले बताएको छ ।

जसमध्ये ११ पुरुष र एक महिला रहेका छन् ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । साथै मृतकहरुको शव पनि पोस्टमार्टमका लागि अस्पताल लगिएको ट्राफिक प्रहरी प्रमुख बमले जानकारी दिए । -ईकान्तिपुर