कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाभित्र ७५ जना नयाँ संक्रमित भेटिएका छन्। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ।
आइतबार राति सुर्खेतमा रहेको पशुपंछी रोग अन्वेषण केन्द्रमा रहेको प्रयोगशालामा परीक्षणमा ३२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षणमा ४३ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार दैलेखको नारायण नगरपालिका–१ का २ जना पुरूष, २ का एक जना पुरूष, ३ र ४ का ३/३ जना पुरूष, ५ का ९ जना पुरूष, ८ का २ जना पुरूष, १० का ५ जना पुरूष रहेका छन्।
दैलेखकै महाबु गाउँपालिका–३ का २५ वर्षीय पुरूष, दुल्लु नगरपालिका–८ का २० वर्षीय पुरूष, वडा नम्बर ५ १२ का ३ जना पुरूष रहेका छन्। दुल्लु नगरपालिकाकै वडा नखुलेका २ जना पुरूष र २ जना महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ।
यस्तै, स्थानीय तह नखुलेका दैलेखका सिमडा गाउँका दुई जना पुरूष, देवलकाँडा गाउँका ३ जना पुरूष, सोत गाउँका १ पुरूष, साडु गाउँका १ पुरूष र जुकेपानी गाउँका १ जना पुरूषमा पनि कोरोना पोजेटिभ देखिएको छ।
यस्तै, सुर्खेतका ५ जना पुरूष जसमा बराहताल गाउँपालिका–१ का ४ जना छन् भने १० का १ जना छन्।
यस्तै सल्यानका १० जनामा कोरोना पुष्टि भएको छ। जसमा वनगाड कुपिण्डे नगरपालिका–१ का २ जना पुरूष, ३ का २ जना पुरूष, ५ का ३ जना पुरूष, ६ का १ जना पुरूष र ७ का दुई जना पुरूष रहेका छन्।