यस्तो छ राजपा–समाजवादीको संविधान संशोधन विधेयक दर्ता

-


     मर्दी न्युज    
     १९ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले सोमवार संविधान संशोधन प्रस्ताव दर्ता गरेका हुन ।

गैरसरकारी विधेयकको रुपमा दर्ता भएको संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठका छन । सोमबार संशोधन विधेयक दर्ता गर्न राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवलगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका थिए ।

राजपा–समाजवादी पार्टीले एकता घोषणा गरेर जनता समाजवादी पार्टी गठन गर्ने घोषणा गरे पनि त्यसले कानुनी मान्यता नपाइसकेकाले दुई दलका रूपमा उक्त विधेयक दर्ता भएको हो ।

सभामुखको अनुपस्थितिमा सभामुखले गर्ने सबै काम उपसभामुखले गर्नुपर्ने, प्रधानमन्त्री, मन्त्रिपरिषद्लगायतसँग जोडिएका आर्थिक अपचलनका मुद्दा हेर्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने, सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रभावकारी काम नगरेको भन्दै संविधान संशोधन गरेर संवैधानिक अदालत गठन गर्नुपर्ने र राजदूत लगायत संवैधानिक नियुक्त समावेशी र समानुपातिक हुनुपर्ने माग छ ।

राजपाले दर्ता गराउन खोजेको विधेयकमा विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरे लगत्तै नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था, भाषा, प्रदेश सीमांकन र राष्ट्रियसभामा प्रतिनिधि छान्ने विषय समावेश छ । त्यस्तै सभामुखको अनुपस्थितिमा सभामुखले गर्ने सबै काम उपसभामुखले गर्नपर्ने, प्रधानमन्त्री, मन्त्रिपरिषद्लगायतसँग जोडिएका आर्थिक अपचलनका मुद्दा हेर्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने विषय थपिएका छन् ।

राजपा–समाजवादीले दर्ता गरेको संविधान संशोधन विधेयकको पूर्णपाठः