पोखरा । कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाप्रमुख डा. लक्ष्मीनारायण तिवारीले मंगलबार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिको परीक्षणको रिपोर्टमा २९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । संक्रमितमध्ये सुर्खेतका ११, सल्यानका ९ र अछामा ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । संक्रमितहरु १४ देखि ५० वर्ष उमेर समूहका रहेका छन् । जसमध्ये २७ जना पुरुष र २ जना महिला रहेका छन् ।
पछिल्लो समय कर्णाली प्रदेशमा भारतबाट फर्किनेहरुको संख्या बढेसँगै कोरोना संक्रमितहरुको संख्या पनि बढिरहेको छ । सोमबार मात्रै कर्णालीका विभिन्न जिल्लामा ६७ जना संक्रमित थपिएका थिए ।