मंगलवार एकै दिन २८८ संक्रमित, कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

-


     मर्दी न्युज    
     २० जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

सोमबार मात्र २३९ जनाका कोरोना पुष्टि भएको थियो ।

मंगलबार मात्र पीसीआर विधिबाट ७५ हजार ३ सय ४३ र आरडीटी विधिबाट एक लाख १६ हजार ३ सय ४५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडीटी विधिबाट दुई हजार पाँच सय ८० जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार मंगलवारसम्म १८ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।



Tags: