कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २६६ पुग्यो

-


     मर्दी न्युज    
     २० जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज १, गुल्मी अस्पताल १, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएका २६६ मध्ये २१२ पुरुष र ५४ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या दुई हजार ९९ पुगेको देवकोटाले जानकारी दिए । सोमबार मात्र २३९ जनाका कोरोना पुष्टि भएको थियो ।