भारतमा मंगलवार साँझसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ लाख नाघेको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख १ हजार ९ सय ९७ पुगेको छ । मंगलवार साँझसम्म ३ हजार ६ सय २७ नयाँ संक्रमित देखा परेको छ । हालसम्म भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५ हजार ६३८ जना पुगेको छ । मंगलवार मात्रै ३० जनाले कोरोनाका कारण ज्यान गुमाएको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ९६ हजार ७८८ जना रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
कोभिड–१९ बाट सबैभन्दा बढी देशमध्ये भारत ७ औं स्थानमा रहेको छ । यस कोरोनाबाट भारतको सबैभन्दा बढी महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । महाराष्ट्रमा मात्र ७० हजार १३ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ। त्यहाँ २३ हजार ४९५ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्। दिल्लीमा २० हजार ८३४ जना कोरोना संक्रमित रहेका छन भने गुजरातमा १७ हजार २०० संक्रमति रहेका छन ।