कोरोना संक्रमणबाट विश्वभर ३ लाख ८२ हजार ३६८ को मृत्यु

-


     मर्दी न्युज    
     २१ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । कोरोना संक्रमणबाट विश्वभर ३ लाख ८२ हजार ३ सय ६८ जनाको मृत्यु भएको ।

कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु हुनेको संख्या अमेरिकामा छन् । वल्डोमिटर्सले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी १ लाख ८ हजार ५९ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेलायतमा ३९ हजार ३ सय ६९, इटालीमा ३३ हजार ५ सय ३०, ब्राजिलमा ३१ हजार ३ सय ९ जना, फ्रान्समा २८ हजार ९ सय ४० जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६४ लाख ८४ हजार ९ सय ३९ पुगेको छ । अमेरिकामा सर्वाधिक १८ लाख ८१ हजार २ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, ब्राजिलमा ५ लाख ५८ हजार २ सय ३७, रुसमा ४ लाख २३ हजार ७ सय ४१, स्पेनमा २ लाख ८७ हजार १२, बेलायतमा २ लाख ७७ हजार ९ सय ८५ तथा इटालीमा २ लाख ३३ हजार ५ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभर ३० लाख १० हजार ४ सय ८३ जना उपचारपछि घर फर्किसकेका छन् । ३० लाख ९२ हजार ८८ संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ५४ हजार ५ सय २७ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।



Tags: