पोखरा । गण्डकी प्रदेशमा बुधवार थप एक जनामा कोरोना संक्रमण देखा परेका छन् । पूर्वी नवलपरासी बुलिङटार गाउँपालिकाका एक १६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
संक्रमित बाडगंगा नगरपालिकास्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका हुन् । उनको चितवन जिल्ला, भरतपुर उपमहानगरपालिकास्थित कोरोना अस्पतालमा उपचार भैरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।