कोरोना नियन्त्रण र लकडाउनको मोडालिटीबारे परामर्श गर्न प्रधानमन्त्रीले बोलाए विज्ञ

-


     मर्दी न्युज    
     २१ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग कोरोना रोकथामसम्बन्धी विज्ञहरुसँग परामर्श गर्न लागेका छन् ।

आज ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न क्षेत्रका विज्ञ तथा विशेषज्ञहरूसँग कोरोना रोकथामका लागि आगामी रणनीति र लकडाउनको मोडालिटीबारे परामर्श बैठक तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

त्यस्तै, जारी लकडाउनको मोडालिटीलागायत विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने स्रोतले बताएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्री परिषद्को बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।