कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

-


     मर्दी न्युज    
     २१ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । बुधवार नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

संक्रमणबाट मृत्यु हुने दोलखाका ७६ वर्षीय पुरुष रहेको छ । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार  मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।