विज्ञहरूसँगको परामर्श बैठक बालुवाटारमा शुरु

-


     मर्दी न्युज    
     २१ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथामसम्बन्धी आयोजना गरेकोे विज्ञहरुसँगको परामर्श बैठक बालुवाटारमा शुरु भएको छ ।

सो बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्ताहरू गरी दुई दर्जनभन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीलगायतका विज्ञहरूको उपस्थिति रहेको छ ।

बैठकमा कोरोना रोकथामका लागि आगामी रणनीति र लकडाउनको मोडालिटी लगायतका विषयमा विज्ञ तथा विशेषज्ञहरूसँग छलफल हुने अपेक्षा गरिएको छ ।