अब अन्य रोगले मृत्यु भएको स्पष्ट भए कोरोनाले भएको नमानिने

-


     मर्दी न्युज    
     २१ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले कोरोना संक्रमण पुष्टि भए पनि अन्य रोगका कारण मृत्यु भएको स्पष्ट भए त्यसलाई कोरोनाबाट भएको नमान्ने भएको छ ।

सरकारले तयार पारेको नयाँ परिभाषाअनुसार कोरोना पोजेटिभ देखिए पनि कोरोनाबाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ बाट मृत्यु भएको मानिने छैन ।

कोभिड– १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि–२०७६ को संशोधन गरी सरकारले कोभिड १९ बाहेकका अन्य कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ का कारणले मृत्यु भएको नमानिने नियम बनाएको छ ।

संशोधित कार्यविधिमा भनिएको छ, ‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ को क्लिनिकल लक्षण तथा चिह्नहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसहरूलाई भन्ने बुझ्नुपर्छ । कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधिबीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ । कोभिड –१९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन ।’

हेर्नुहोस् संशोधित कार्यविधिः