पोखरा, २२ जेठ । गण्डकी प्रदेशमा बिहीबार थप १६ जना कोरोना संक्रमण भेटिएका छन् । संक्रमितहरु बागलुङ जिल्लाका १०, म्याग्दीका १, पर्वतका ४ र स्या्रजाका १ रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । यससँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।
निर्देशक डा. शर्माका अनुसार बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिकाका सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, सोही जिल्ला, वडीगाड गाउँपालिकाका सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष २०, २२ र २३ का ३ जना पुरुष गरि थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यस्तै स्याङ्जा कालीगण्डकी गाउँपालिकाका सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष १८ का १ जना पुरुष रहेका छन् ।
त्यस्तै पर्वत फलेबास नगरपालिकाका कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष २१ का २ जना पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिकाका कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष २४ र २८ का २ जना पुरुष गरी ४ जना रहेका छन् ।
त्यस्तै म्याग्दी जिल्लाका मंगला गाउँपालिकाका सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष १९ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।